inaruwa nagarpalika nagarparisad
अमर काफ्ले इनरुवा पुष २०/इनरुवा नगरपालिकाको कार्यालयले बुधवार २३औं नगरपरिषद् सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहताले गर्नुभएको थियो ।

inaruwa nagarpalika nagarparisad1
स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले विशेष अतिथि रहेको सो कार्यक्रममा कार्यकारी अधिकृत रामचरित्र मेहताले आर्थिक वर्ष २०७४।०७५कालागि बजेट नीति तथा कार्यक्रम एवं आय–व्यय सार्वजनिक गर्नुभयो ।

inaruwa nagarpalika nagarparisad2
कार्यक्रममा अधिकृत मेहताले आर्थिक रुपमा समुन्नत नगर बनाइने दिर्घकालिन लक्ष्य र उद्येश्य अनुरुपको सफा, हरियो र उज्यालो नगर भन्ने नाराको सार्थकताकालागि परिषद् महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

inaruwa nagarpalika nagarparisad3
इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७४।०७५कालागि कुल १६ करोड १ लाख ९ हजार अनुमानित बजेट विनियोजन गरेको छ ।
अघिल्लो आ.व.को तुलनामा ३५.९५ प्रतिशत बजेट वृद्धि गरेको इनरुवा नगरपालिकाले ०७४।०७५कालागि कुल बजेट मध्ये आन्तरिक आम्दानी तर्फ २ करोड उनान्सय लाख पचहत्तर हजार र बाह्य श्रोततर्फ १३ करोड १ लाख चौतिस हजार अनुमान गरेको छ ।सामाजिक सुरक्षा अनुदान सहित चालु खर्च ७ करोड ७ लाख ८० हजार र कुल पुँजिगत खर्त ८ करोड ९३लाख २९ हजार अनुमनित रकम छुट्याएको छ ।

inaruwa nagarpalika nagarparisad4
नगरपालिकाको कार्यालयले खेलकुद मैदानमा कभर्ड हल निर्माण सहित सभा हल निर्माण र बसपार्क ब्यवस्थापनलाई गौरभशाली योजना अन्र्तगत अघि बढाइने जनाएको छ ।

inaruwa nagarpalika nagarparisad5
इनरुवा नगरपालिकाले आगामी आ.व.कालागि सार्वजनिक गरेको अनुमानित बजेट सुनसरीको कान्छो नगरपालिका रामधुनी भासिको भन्दा कम रहेको छ । केहीदिन अघि तेस्रो नगर परिषद मार्फत रामधुनी भासिले आ.व.२०७४।०७५कालागि १६ करोड १२ लाख ९ हजार ५ सय बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया