prajantra senani lai samman congress sunsari inaruwa
इनरुवा पुष २०/नेपाली काँग्रेसले १ सय ९९ जना प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरेको छ ।पार्टीकालागि योगदान पुर्याएका अग्रज नेता तथा कार्यकर्ताहरुलाई इनरुवामा आयोजित कार्यक्रमकावीच सम्मान गरिएको हो ।सुनसरीका अग्रज काँग्रेसी नेता तथा कार्यकर्ताहरुलाई गरिने प्रजातन्त्र सेनानी सम्मानमा सहभागि हुन नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला इनरुवा आउनुभएको थियो । पार्टीका अगुवा तथा वयोवृद्ध प्रजातन्त्र सेनानीहरुलाई सिटौलाले सम्मान गर्नुभएको हो ।

काँग्रेस सुनसरी सभापति राजिब कोइराला लगायतको उपस्थिती रहेको सो कार्यक्रममा पार्टीमा अग्रजहरुले पुर्याएको योगदानका विषयमा चर्चा गरिएको थियो । कार्यक्रम नेपाल प्रजातान्त्रिक सेनानी संघ सुनसरी इनरुवाले आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया