२० पुस, भोजपुर। भोजपुरको जरायोटारमा बुधबार बिहान बलेरो जीप दुर्घटना भएको छ। दुर्घटनामा सात जना यात्री घाइते भएका छन्।
भोजपुर हेलौछाबाट बिराटनगरतर्फ आउदै गरेको बा. ५ च ७९५२ नम्बरको जीप बिहान ११३० बजे जरायोटार ३ फेदीबजारमा सडक किनारको भित्तामा ठोकिएर पल्टिएको हो। दुर्घटनामा जीपमा सवार नौ मध्ये सात जना घाइते भएका छन्।

घाइतेहरुमा भोजपुर हेलौछा-४ का ३२ वर्षिय कुमार गुरुङ, ४० वर्षिया मनकुमारी गुरुङ, भोजपुर तिवारी भन्ज्याङ ९ का ४० वर्षिय बलबहादुर तामाङ, ४९ वर्षिय कुलबहादुर तामाङ, जिल्ला धनुषा धारापानी ६ का १९ वर्षिय अनिल मगर, सुनसरी धरान उपमहानगरपालिका ८ का २९ वर्षिय कुमार मगर र भोजपुर हेलौछा २ का ८ वर्षिय सोनाम गुरुङ रहेको प्रहरी चौकी जरायोटारले जनाएको छ। घाइतेहरुलाई स्थानिय क्लिनिकमा उपचार गराई थप उपचारकालागी धरानतर्फ पठाइएको प्रहरी चौकी जरायोटारबाट घटनास्थलमा खटिएका प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया