koshi-tappu-wildlife-reserve-tour90 arna
अमर काफ्ले सुनसरी/सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको संसारमै दुर्लभ मानिने बबुल जातिको अर्ना चितवन सार्ने तयारी गरिएको छ । अर्नाको बासस्थान भनेर चिनिने कोशी टप्पुबाट अर्नालाई चितवन राष्ट्रिय निकुञ्ज सार्न लागिएको हो । अर्ना स्थानान्तरणको अन्तिम तयारी पुरा हुन लागेकाले केहीसाता भित्रै सुनसरीका अर्ना चितवन पुर्याइने छ ।

कोशी नदीका कारण अस्थित्व खतरामा पर्न सक्ने कारण देखाउँदै जंगली भैंसी अर्नालाई चितवन राष्ट्रिय निकुञ्ज स्थानान्तरण गर्न लागिएको आरक्ष कार्यालयले जनाएको छ ।कोशी टप्पु वन्य जन्तु आरक्ष कार्यालयका अनुसार वन मन्त्रालय र वन्यजन्तु विभागको सल्लाह अनुरुप पहिलो चरणमा २० वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्न लागिएको वारडेन श्यामकुमार साहले बताउनुभयो । कोशी टप्पु वन्यजन्तु आरक्षमा हाल ४ सय ३२ वटा अर्ना रहेका छन् । कोशी टप्पु अर्नाकै कारण परिचित छ । अर्ना सारिएपछि आरक्षको अस्थित्व मेटिने भन्दै स्थानीयहरुले विरोध जनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया