press rajib inaruwa krishna Sitaulaa congress

पुष २१ इनरुवा/ नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले देश हाँक्ने सक्षम नेताको अभावले मुलुकको वर्तमान राजनीति स्थिर हुन नसकेको धारणा व्यक्त गर्नु भएको छ । प्रेश युनियन सुनसरीले सदरमुकाम इनरुवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले पार्टी भित्रमात्रै नभएर सम्पूर्ण दललाई मिलाएर अघि बढ्न सक्ने लिडर नेताको अभाव सिङ्गो मुलुकले महसुस गरिरहेको बताउनु भयो ।

गिरिजा बाबुको अभाव सबैले महसुस गरेको विषय रहेको बताउँदै सिटौलाले वर्तमान राजनीति खिचातानी उन्मुख देखिनुमा नेतृत्व पंक्तिको अभाव प्रष्ट्याउनु भयो । प्रचण्ड सरकारलाई नेपाली काँग्रेसको पूर्ण साथ र समर्थन रहेकाले अन्य दललाई समेत सहमतिको वातावरणमा ल्याउन स्वयं प्रधानमंत्रीले जिम्मेवारी वहन गर्न आवश्यक रहेको वहाँको धारणा थियो । सिटौलाले संसदमा संविधान संशोधन विधेयक अघि बढ्ने भएकाले मुलुकको राजनीतिमा नयाँ आशाका किरणहरु पलाउन सक्ने तर्फ संकेत गर्नु भयो ।

तपाईको प्रतिक्रिया