अमर काफ्ले ईनरुवा

भारतीय सिमा क्षेत्रमा नेपाली मोटरसाईकल माथि कडा निगरानी थालिएको छ ।
अघोषित नाकाबन्दीका कारण इन्धनका लागि भारतीय बजार पुग्ने नेपाली र मोटरसाइकलमाथि भारतीय प्रहरीले निगरानी बढाएको हो ।
पेट्रोल भर्न सीमा पारी जानेहरुमाथि भारतीय सुरक्षाकर्मीहरुले हेपाहा प्रवृति देखाउने गरेका छन् । भारतीय सुरक्षाकर्मीले नेपालीका मोटरसाइकलको बिलबुल, लाइसन माथि कडाई गरेका छन् ।आफ्नो व्यक्तिगत परिचय खुल्ने कागजात, जुत्ता, मोजा अनिवार्य लाएको हुनुपर्ने र हेलमेटमा सिसा भएको हुनुपर्ने नियम बनाएका भारतीय सीमा सुरक्षाकर्मीहरुले प्रति नेपाली मोटरसाइकल ३ लिटर मात्रै पेट्रोल उपलब्ध गराउने गरेका छन् ।सो भन्दा बढी पेट्रोल लुकाई छिपाई ल्याएको भने मनोमानी रकम असुल्ने गरेको पीडित स्थानीय नेपालीहरुले गुनासो गरेका छ । कागजात वीनाका मोटरसाइकल भारतीय सीमा सुरक्षाकर्मीले नियन्त्रणमा लिए आफ्नो सवारी छुटाउन नेपालीले मोटो रकम सम्म तिर्नु पर्ने छ ।भारतीय सिमा क्षेत्रमा नेपाली मोटरसाईकल माथि कडा निगरानी थालिएको छ ।अघोषित नाकाबन्दीका कारण इन्धनका लागि भारतीय बजार पुग्ने नेपाली र मोटरसाइकलमाथि भारतीय प्रहरीले निगरानी बढाएको हो ।पेट्रोल भर्न सीमा पारी जानेहरुमाथि भारतीय सुरक्षाकर्मीहरुले हेपाहा प्रवृति देखाउने गरेका छन् । भारतीय सुरक्षाकर्मीले नेपालीका मोटरसाइकलको बिलबुल, लाइसन माथि कडाई गरेका छन् ।आफ्नो व्यक्तिगत परिचय खुल्ने कागजात, जुत्ता, मोजा अनिवार्य लाएको हुनुपर्ने र हेलमेटमा सिसा भएको हुनुपर्ने नियम बनाएका भारतीय सीमा सुरक्षाकर्मीहरुले प्रति नेपाली मोटरसाइकल ३ लिटर मात्रै पेट्रोल उपलब्ध गराउने गरेका छन् ।
सो भन्दा बढी पेट्रोल लुकाई छिपाई ल्याएको भने मनोमानी रकम असुल्ने गरेको पीडित स्थानीय नेपालीहरुले गुनासो गरेका छ । कागजात वीनाका मोटरसाइकल भारतीय सीमा सुरक्षाकर्मीले नियन्त्रणमा लिए आफ्नो सवारी छुटाउन नेपालीले मोटो रकम सम्म तिर्नु पर्ने छ ।

तपाईको प्रतिक्रिया