२२ पुस, रोशन पोखरेल विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले शक्ति प्रर्दशनलाई मुलुकमा मुठभेड निम्त्याउने खेल भएको बताउनुभयो ।

आज विहान बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै संघीय गठबन्धनका संयोजक समेत रहेका उपेन्द्र यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा भएको बताउनुभयो । संविधान संशोधनको विरोधका नाममा एमालेले जुन गतिविधि गर्दैछ त्यसले मुलुक मुठभेड तर्फ तानिँदै गएको यादवले बताउनुभयोे । उहाँले एमालेको शक्ति प्रर्दशनले जारी राजनीतिक गतिरोध अन्त्य नहुने वताउनुभयो । नेता यादवले संविधान संशोधन बिना चुनाव भए आफुहरुलाई मान्य नहुने दोर्होयाउनुभयो ।

तपाईको प्रतिक्रिया