२३ पुस, इलाम। शुक्रबार दिउँसो इलामको साखेजुङ-७ मा  बसको ठक्करबाट ट्याक्सीमा सवार ९ यात्री घाइते भएक छन्। इलामबाट ताप्लेजुङतर्फ जांदै गरेको ना  ५ ख  ७६८१नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे १ ज २१२६ नम्बरको  ट्याक्सिलाई ठक्कर दिएको थियो।

ठक्करबाट ट्याक्सीमा सवार इलाम फाकफोक-३ का  अनिल कुमार बस्नेत, सोही ठाउँका डेक प्रसाद भट्टराई, र  श्रीषा बस्नेत, चमैता- ६ का मिलन राई, पाँचथर पौवा-६ की पार्वता फुयाल, मोरङ पथरी- ४ की बुध्दिमाया आचार्य, झापा धाईजन-१ का  केशव खनाल, पाँचथर ईबुङ ५ का मेघराज भट्टराई, झापा गौरादह-१ का राजेन्द्र खनाल घाइते भएका छन्। घाइते सबैलाई स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारकोलागी झापा  लगिएको छ भने बसका चालकालाई प्रहरी चौकी रक्सेले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया