२३ पुस, मोरङ। विराटनगरको  झमेली चौकमा शुक्रबार बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर-२० स्थित राधा कृष्ण मन्दिर नजिकै बस्ने अन्दाजी ४० बर्षिय ललित महतो रहेका छन्। महतोलाई  साँझ ६ बजेतिर  विराटनगर बाट रानीतर्फ आउँदै गरेको  बा  २ ख ५०९३ नम्बरको बसले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते भएका महतोलाई कोशी अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको  प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया