२३ पुस, उदयपुर। उदयपुरको  हर्देनी-३ स्थित गहुँबारीमा शुक्रबार बलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ यात्री घाइते भएका छन्। साँझ ५ बजेतिर कटारीबाट घुर्मितर्फ जादै गरेको स १ ज ४०९ नम्बरको बोलेरो गाडी अनियन्त्रित भइ सडकबाट अन्दाजी ४०० मिटर तल खसी दुर्घटना भएको थियो।

दुर्घटनामा उदयपुर हर्देनी-१ का ३४ बर्षिय टंक बहादुर बस्नेत र सोही ठाउँकी ३२ बर्षिय भिम कुमारी राउतको उपचारको लागी लैजने क्रममा मृत्यु भएको छ।साथै बलेरोमा सवार हर्देनि-१ का बिष्णु बहादुर राउत, सोही ठाउँका बिमल बस्नेत, निल बहादुर कार्की, रेशम कुमारी कार्की, एलिना श्रेष्ठ र भेषराज राउत घाइते भएका छन्। घाइतेहरुको विराटनगर र काठ्मान्डौमा उपचार भइरहेको छ। बलेरोका चालक फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

तपाईको प्रतिक्रिया