२३ पुस,  विराटनगर रोशन पोखरेल । विराटनगर लगायतका पूर्वका विभिन्न क्षेत्रमा बाक्लो हुस्सु र शितलहरका कारण जनजिवन प्रभावित भएको छ ।
बाक्लो हुस्सुको कारण धेरै जसो गरिव र विपन्न समुदायका बालबालिका र बृद्धबृदा प्रभावित भएको छ । निरन्तर रुपमा चिसो बाक्लो हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेपछि अत्याधिक जाडोका कारण उनीहरु प्रभावित भएका हुन । न्यानो कपडाको अभावमा बालबालिकाहरु जाडोको समयमा विधयालय जान नमान्ने गरेको विराटनगर १५ जनपथ टोलकी सिता दाहालको भनाइरहेको छ ।
शितलहरकै कारण मुख्यगरि मोरंगका ग्रामिण क्षेत्रका विपन्न समुदायका बृद्धबृद्धाहरु दिउसो र रातको समयमा घुर तापेर रातकाटने गरेका छन् । गरिवि विपन्नता र पोषणयुक्त खानाको अभावमा धेरै जसो बालबालिकाहरुमा निमोनिया लगायतका रोगको संक्रमण देखिएको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिडेन्टिेड रोशन पोखरेलले बताउनुभयो ।
दिनभरि हुस्सु लाग्ने र घाम नलाग्ने गरेपछि रंगेली, कर्सिया, बबियाविर्ता, छिटाहा, कदमाहा , कटहरी, मझारे, बुधनगर, शिशबनी जहदा,झुर्किया थलाहा, भौडाहा, नयाँबजार लगायत आसपासमा मानिसहरु सडकको चोकमा बसेर समुहमा आगो ताप्ने गरेका छन । चिसो बढे सगै विराटनगरको बजारमा आम उपभोक्ताको जाडोको कपडा किन्नेको भिड देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया