२३ पुष, इनरुवा। सुनसरीको महेन्द्रनगर- ८ जितपुरबाट शुक्रबार प्रहरीले लागूऔषध ईन्जेक्सन सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोहि ठाउ घर भएका २३ वर्षिय रामबहादुर राई रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

सवारी चेकजाँचका क्रममा को. २७ प ३५४७ नम्बरको मोटरसाईकलमा सवार राईको साथबाट डाइजेपाम ८ एम्पुल, फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल र दुई थान सिरिञ्च बरामद गरेको हो।पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालयमा राखि अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया