kamal thapa twit1

काठमाडौँ : १ सय ५३ जनाको ज्‍यान जाने गरी शुक्रबार राती फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी हमलाबाट त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहेका छन्। परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका सबै नेपालीहरु सुरक्षित रहेको जानकारी दिएको छ। अहिले फ्रान्समा संकटकालिन अवस्थाको घोषणा गरिएको छ भने सीमा नाकाहरु बन्द गरिएका छन्। फ्रान्सको अवस्थालाई मध्यनजर गर्दै पेरिस स्थित नेपाली दूतावासले नेपालीहरुकोबारे सूचना संकलन गरेको छ। परराष्ट्र मन्त्री कमल थापाले ट्विटर मार्फत सबै नेपालीहरु सुरक्षित रहेको जानकारी दएका छन्। साथै परराष्ट्र मन्त्रालय नियमित रुपमा पेरिस स्थित नेपाली मिसनहरुसँग सम्पर्कमा रहेको जानकारी दिएका छन्।  -पहिलोपोष्टबाट

paris paris1 paris2 paris3 paris4 paris5 paris6

तपाईको प्रतिक्रिया