२३ पुस, सुनसरी। शनिबार बिहान सुनसरीको चिमडी बजारमा टिपरले ठक्कर दिदा एक बालिका घाइते भएकी छिन्। को १ ख १९६२ नम्बरको टिपरले ठक्कर दिदा २ वर्षकी अनिता अन्सारी सामान्य घाइते भएकी छिन्।

घुस्किहाट ८ घर भई चिमडी बजारमा टेलरिङ गर्ने अफरुज अन्सारीको छोरी पसल अगाडी सडकमा खेल्नेक्रममा पश्चिमबाट आउदै गरेको टिपरले ठक्कर दिएको हो। घाइते बालिकाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ। टिपर र चालक इलाका प्रहरी कार्यालय चिमडीमा राखिएको छ।

 

तपाईको प्रतिक्रिया