युवा माझ लोकप्रिय गायक विपुल क्षेत्रीको टोकियोमा हुन लागेको लाईभ कन्सर्टको तयारी पुरा भएको आयोजकले जनाएको छ । आगामी जनवरी १५ तारिक आइतवारका दिन हुने कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको आयोजक गोरेटो प्रोडक्सनले जनाएको छ । उच्चस्तरिय प्रविधिको लाईटिङ तथा साउण्ड सिस्टम जडान सहित आयोजना गर्न लागिएको कन्सर्टमा दर्शक स्रोताले भरपुर मनोरंजन गर्नसक्ने आयोजकले दावी गरेको छ ।

Bipul-Chhetri japan

पछिल्लो सयममा चर्चामा रहेका नेपाली गायक विपुलको देश विदेशमा दर्शक संख्या वढदो छ । दर्शक स्रोताहरुको चाहनालाई नै मध्यनजर गरेर गोरेटो टिमले विपुल सहित द ट्राभलिङ व्याण्डले धमाका मच्चाउने छन् ।

आयोजकका अनुसार हालसम्म पाँच सय भन्दा बढि टिकट विक्री भैसकेको छ भने करिब चारसय बढीले टिकट बुकिङ गरेका छन् । करिव १३ सय दर्शक क्षमता भएको टोकियो रुनेकोदाईरा हलमा पहिलो पटक नेपालीहरुको कार्यक्रम भएकाले अन्य स्थानको भन्दा भव्य हुने दावी गरेको छ । सैवु सिन्जुकु लाईनबाट पुगिने कार्यक्रमस्थल कोदाईरा स्टेशनसंगै रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया