koshi-tappu-wildlife-reserve-tour90 arna२४ पुष, अमर काफ्ले सुनसरी। पूर्वको गहनाका रुपमा रहेको जंगली भैंसी अर्ना यतिवेला कोशी टप्पु वन्यजन्तु आरक्षबाट अन्यत्र स्थानान्तरण गर्न लागिएको विषय सर्वत्र चर्चाको विषय बनेको छ ।सरकारले कोशी टप्पुमा रहेको संसारकै दुर्लभ मानिने बबुल जातिको अर्ना स्थानान्तरणको प्रकृया अन्तिम चरणमा पुर्याई सकेको छ । आरक्ष कार्यालयका अनुसार मागको पहिलो साता भित्र आरक्षबाट १५ पोथी सहित ५ भालेगरी २० वटाको संख्यामा चितवन राष्ट्रिय निकुञ्जमा अर्ना स्थानान्तरण गरिने छ ।अर्नाको बासस्थान भनेर चिनिने कोशी टप्पु आरक्ष अर्नाकै लागि प्रख्यात छ । सुनसरी चिताउने ाट अर्नालाई चितवन राष्ट्रिय निकुञ्ज सार्न लागिएको हो ।

अर्ना स्थानान्तरणको अन्तिम तयारी पुरा हुन लागेकाले केहीसाता भित्रै सुनसरीका अर्ना चितवन पुर्याइने छ ।नेपाल सरकार वन मन्त्रालय, वन्यजन्तु विभाग सहित वन्यजन्तुका क्षेत्रमा कार्यगर्ने अन्र्तराष्ट्रिय निकाय डब्लुडब्लु एफको पहलमा हुन लागेको अर्ना स्थानान्तरणको विषयमा स्थानीयहरुले आफुहरुको असहमति व्यक्त गरेका छन् ।अर्ना सार्न लागिएको विषयलाई लिएर मध्यवर्ति क्षेत्रका स्थानीयहरु आन्दोलन चर्काउने तयारीमा जुटेका छन् । अर्नाको अस्थित्व जोगाउने नाममा गरिन लागेको स्थानान्तरण प्रकृयालाई उनिहरुले  कोशी टप्पु आरक्षप्रति सरकारको उदाशिनता औल्याएका छन् ।

अर्ना बचाउ संघर्ष समितिका संयोजक कुर्वान मन्सुरी यसअघि समेत अर्ना सार्ने विषय उठान भएको प्रशंग कोट्याउदै स्थानीयको दबाब र आन्दोलन पश्चात सरकार तत्काल उक्त निर्णयबाट पछि सरेको स्मरण गर्दै भन्छन् “हाम्रो गहना र टप्पुको अस्थित्व जोगाउन थप शशक्त हुनु जरुरी छ ”। अर्ना लैजायोस तर चितवनमा अर्ना सुरक्षित हुने ग्यारेण्टी सरकारले दिलाउन सक्नु पर्छ । अन्सारीले थपे – अर्ना स्थानान्तरण पश्चात कोशी टप्पु आरक्षमा पर्ने पर्यटकिय प्रचुरताको असरलाई मध्यनजर गरिनुपर्छ । प्रभावकारी रुपमा विश्वशनिय खालका दीर्घकालिन योजनाको तत्काल थालनी गरिन्छ भने पूर्नविचार गर्न सकिन्छ अन्यथा अर्ना लैजान दिनेछैनौं ।स्थानीय बलराम माझी बाघसँग पौंठेजोरी खेलाउन अर्ना चितवन लैजान लागेको भन्दै सरकारी कदमको विरोधमा उत्रनुको विपल्प रहेको बताउँछन् । स्थानीयसँग कुनै सोधीखोजी गरिएन् । हाम्रो पहिचान अनि सान खोसेर लैजाने दुष्प्रयास हुँदैछ । जुनकुरा असह्य छ । अर्ना कोशी टप्पुमै जति सुरक्षित छ अन्यत्र त्यो असम्भव रहेको माझीको बुझाई छ ।

मध्यवर्ति जनजागरण उपभोक्ता समितिका अध्यक्ष शेषराज माझी अर्ना स्थानान्तरण विरुद्ध स्थानीयलाई संगठित गराउने काम भैरहेको बताउँछन् । सम्पूर्ण उपभोक्ता समितिका पदाधिकारीहरुको भेला डाकी अर्ना सार्ने सन्दर्भमा भैरहेको सरकारी तयारी रोक्न आन्दोलनका कार्यक्रम संचालन गर्न लागिएको उनले जानकारी दिए । बुद्धिप्रसाद तिम्सिना मात्रै हैन भोलामान श्रेष्ठ, भेषराज न्यौपाने लगायतका स्थानीय अर्ना स्थानान्तरणको खुलेर विरोध जनाउँछन् । अर्नाले स्थानीयलाई दुःख दियो, बालिनाली सखाप पार्यो भन्ने वहाना बनाइएयो । वर्षौदेखि आरक्ष आसपास बस्तै आयौं । हात्ति आतंक छ सहेकै छौं तर अर्ना लैजान लागियो जुन आरक्ष आसपासका वासिन्दाको इक्षा विपरित हो । जबरजस्ती गर्न खोजिए अस्थित्वको लडाई लड्न पछि पर्नेछैनौं ।

कोशी नदीका कारण अस्थित्व खतरामा पर्न सक्ने कारण देखाउँदै जंगली भैंसी अर्नालाई चितवन राष्ट्रिय निकुञ्ज स्थानान्तरण गर्न लागिएको बताउँदै आएको आरक्ष कार्यालयले संख्यात्मक रुपमा बढ्दो क्रममा रहेको अर्नाको वंश जोगाउनकै लागि चितवन सार्न लागिएको दावी गर्छ ।
आरक्षका संरक्षण अधिकृत श्यामकुमार साह सम्पूर्ण अध्ययन तथा पूर्वाधारको कार्य पुरा गरी  अर्ना स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा विरोधको कुनै औचित्य नरहेको बताउँछन् । स्थानीयले विरोध गर्दैमा केही हुँदैन् साहले थपे सरकारी तयारी अन्तिम चरणमा छ । माघको पहिलो साता जसरीपनि २० वटाको संख्यामा अर्ना कोशी टप्पुबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण हुने छन् ।

अर्नाको अस्थित्व जोगाउनकै लागि स्थानान्तरण गर्न लागिएको दाबी गर्ने साहले मध्यवर्ति क्षेत्रका उपभोक्ता समितिकासाथै स्थानीयवासी र सरोकारवालाहरुको साथ र सहयोग रहेकाले केही असन्तुष्ट व्यक्तिहरुले आन्दोलन चर्काउने भन्ने कुरामा तुक नभएको बताउँछन् । आरक्ष कार्यालयका अनुसार अर्ना स्थानान्तरण पश्चात चितवनबाट गैडा वा बाह्रय सिङ्गे कोशी टप्पुमा ल्याइने विषयको अध्ययन अघि बढाइने छ । कोशी टप्पु वन्यजन्तु आरक्षमा हाल ४ सय ३२ वटाको संख्यामा अर्ना रहेका छन् ।

तपाईको प्रतिक्रिया