uml birudh pradarshan harinagara
पुष २४ इनरुवा । नेकपा एमालेले सुनसरीको दक्षिणी गाविस हरिनगरामा गर्ने तयारी गरेको आमसभा र शक्ति प्रर्दशनलाई लक्षित गरी मधेशी दल आवद्ध स्थानीयहरुले आज साँझ विरोध प्रर्दशन गरेका छन् । एमालेले मधेशवादी दलको पकड एरिया मानिएको हरिनगरामा भोली गर्न लागेको सभाको पूर्वसन्ध्यामा विभिन्न मधेशवादी दल आवद्ध स्थानीय नेता तथा कार्यकर्ताहरुले विरोध जनाएका हुन् ।

uml birudh pradarshan harinagara3
उनिहरुले मसाल जुलुस सहित बजार क्षेत्रमा नाराबाजी समेत गरेका छन् । कार्यक्रम स्थललाई लक्षित गरी हरिनगरा बजार क्षेत्रमा नारा जुलुस सहित एमाले विरोधी प्रर्दशन गरिएको थियो । एमालेलाई मधेश नचाहिएकाले मधेशबाट एमाले बिदाई कार्यक्रम आयोजना गर्नु परेको विरोध कार्यक्रममा सहभागिहरुको भनाई छ । एमालेले आयोजना गर्न लागेको सभालाई सम्बोधन गर्न पूर्व प्रधानमंत्री तथा पाटीका वरिष्ठ नेता माधव कुमार नेपाल भोलि हरिनगरा पुग्ने कार्यतालिका रहेको छ ।

uml birudh pradarshan harinagara1
एमालेको कार्यक्रमलाई लक्षित गरी सो क्षेत्रको सुरक्षा व्यवस्था आजैबाट कडा पारिएको छ । मोर्चा आवद्ध नेता तथा कार्यकताले कार्यक्रमलाई लक्षित गरी अवरोध पुर्याउन सक्नै भन्दै प्रहरी तैनाथी बढाइएको सुनसरी प्रहरीले जनाएको छ । मधेशवादी दलहरुले हरिनगरामा एमालेले गर्न लागेको सभा र शक्ति प्रर्दशनमा पार्टीगत विरोधको निर्णय नभएको भन्दै सर्वसाधारण स्वतस्फूर्त विरोधमा उत्रिएको बताएका छन ।

uml birudh pradarshan harinagara2

भिडियोमा विरोध प्रदर्शन

तपाईको प्रतिक्रिया