२५ पुष, इनरुवा । प्राप्त जानकारी अनुसार हरिनगराको स्थिति तनावपुर्ण बनेको छ। पूर्व प्रधानमंत्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पार्टीको आमसभालाई सम्बोधन गर्न हरिनगरा जाने कार्यक्रम तय भएपछि सो क्षेत्रमा आज विहानैबाट मोर्चा सम्वद्ध नेता तथा कार्यकर्ताहरुले प्रर्दशन थालेका छन् ।

इनरुवा अनलाईनका सहकर्मी अमर काफ्लेले हरिनगराबाट दिनुभएको जानकारी अनुसार हरिनगरामा एक बसमा प्रर्दशनकारीले आगजनी गरेको छ भने अर्को एक बसमा तोडफोड गरेका छन्।

त्यसैगरी सुरक्षामा खटिएका सुरक्षाकर्मी द्वारा ५ बोतल पेट्रोल बम बरामद गरिएको छ भने आगजनी गर्न खोज्ने एक जनालाई पक्राउ गरिएको छ।विस्तृत विवरण आउनबाकी।

तपाईको प्रतिक्रिया