Daura1२८ कार्तिक काठमाडौ । सरकारले आइतबारबाट दाउरा बेच्ने जनाएको छ ।वन मन्त्रालयले भोली ८ बजेदेखि सर्वसाधारणलाई बालकुमारी र गौशालाबाट दाउरा बेच्ने तयारी गरेको छ ।सरकारले बेच्ने दाउरा प्रतिकिलो १५ रुपैया पर्ने वन मन्त्रालयका प्रवक्ता सहसचिव कृष्णप्रसाद आचार्य बताए । अचार्यका अनुसार एक परिवारले बढीमा एक सय किलो दाउरा किन्न पाउनेछन् ।भारतले गरेको नाबन्दीवपछि उपत्यकाका ग्यास अभाव भएपछि सरकारले विकल्पको रुपमा दाउरा उपलब्ध गराउन लागेको हो । जसकालागि सरकाले केही दिन अघि १० ट्रक दाउरा बाड्ने तयारी गरेको हो ।

 

तपाईको प्रतिक्रिया