२६ पुस, रोशन पोखरेल   विराटनगर । मदिरा व्यावसायि संध मोरंगको ९ औ बार्षिक उत्सव मोरंगको सुन्दरदुलारी नगरपालिकामा एक कार्यक्रम गरि मनाइयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रिय मदिरा व्यावसायि संधका अध्यक्ष कृष्ण नेपालले उदधाटन गनुभएको छ ।

साथै कार्यक्रमलाई सम्वोधन गर्दै मदिरा व्यावसायी संधका केन्द्रिय सचिव नेपालले मदिरा व्यावसायप्रति सरकार र आम नागरिकले हेर्न दृष्टिकोण फरक रहेको साथै देशको राजस्वमा ठुलो योगदान पुयाउने व्यावसायिलाई अवैध कारोवारमा संलग्न ब्यावसायिले गर्दा व्यावसाय धारासाहि भएको बताउनुभयो ।

सो कार्यक्रम मोरंग मदिरा व्यावसायि संधका अध्यक्षको सभापतित्वमा सम्पन्न भएको थियो । मदिरा व्यावसायिको प्रतिनिधि गदै महासचिव विष्णु खडका , प्रदिप कुमार गुप्ता , सुनिल साथै मेचि मदिरा व्यावसाय संघका प्रतिनिधि भरत चौलागाई , दमक मदिरा व्यावसायि संधका प्रतिनिधि प्रेम पाण्डे , धरान प्रतिनिधि नविन तामाड , होटल तथा मदिरा व्यावसायि संध सिरहाका गंगा महतो लगाएतको सहभागिताा रहेको थियो ।

 

तपाईको प्रतिक्रिया