२६ पुष, इटहरी। तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिँह कार्कीलाई सर्बोच्च अदालतभित्रै कालोमोसो लगाउने दुई युवाको रिहाईको माँग गदैैै बिप्लव माओवादीका विद्यार्थी सङ्गठनले आह्वान गरेको शैक्षिाक संस्था बन्दको असर परेको छ ।

सर्बोच्च अदालतमा पुगेका तत्कालिन अख्तियार प्रमुख कार्कीको अनुहारमा कालोमोसो लगाउने बिप्लव माओवादीको विद्यार्थी सङ्गठन क्रान्तिकारी विद्यार्थीका ती दुई कालोमोसो लगाउनेहरुलाई सर्बोच्च अदालतले १ महिला कारावास आदेश गरिसकेको छ । कालोमोसो लगाउने कार्य गरेको अभियोगमा पक्राउ परेका ती विद्यार्थीको सिघ्र रिहाईको माँग सहित सरकारलाई दवाव दिने उद्देश्य राखेर आह्वान गरिएको शैक्षिक क्षेत्रमा गरिएको बन्द  आह्वानका कारण सुनसरीका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहँदा झण्डै डेढ लाख बालबालिका पढ्न पाउने अधिकार कुण्डित बन्न पुगेको छ ।

बिप्लव माओवादीको विद्यार्थी सङ्गठनले हिसान प्याब्सन र एन प्याब्सन समेतलाई पत्र लेख्दै शैक्षिक क्षेत्र बन्द गरिदिन दवाव दिएपछि आफुहरुले बिद्यालय एवम कलेजहरु बन्द गरेको हिसानका अध्यक्ष मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया