nimisha tripathi roshan pokharel२६ पुस, रोशन पोखरेल बिराटनगर। नेपाली आधुनित संगीतको क्षेत्रमा एक नयाँ नाम हो निमिषा त्रिपाठी , बिगत ३ बर्ष देखी कलाकारिता गायन र मोडलिंगमा उनि निरन्तर क्रियाशिल छिन।
“तिमि मात्र हैन मलाई माया गर्ने……” बोलको गीत बाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेकि उनले हाल सम्म परदेसि को बसाइमा ,राम्रो संग मान है यो दसैं, नाचे म यसपाली तिजमा , एउटै धर्ती थियो सानू, जिन्दगीमा यति सम्म दु:ख लेख्या हुदोरहेछ आदि गितहरु बजारमा पठाइसकेकि छिन् भने अन्य थुप्रै गीतहरु अझै बजारमा आउने तयारीमा छन् ।
नेपालको सांगीतिक क्षेत्र दिन प्रति दिन धरासाही बन्दै गैरहेको यो अवस्थामा पनि निरन्तर रुपमा अगाडि बढेकी कलाकार निमिशा त्रिपाठी जस्ता कलाकारहरुको निरन्तरतालाई  सलाम प्रकट गर्नै पर्छ, किन कि उनीहरुको खाइ नखाई यस क्षेत्र प्रतिको लगानीले सिंगो सांगीतिक क्षेत्रलाई धनि बनाईरहेको छ ।
सोहि अनुरुप , हामीले पनि यस्तो देशको गहना जस्तो कलाकारहरुलाई यथास्थितिमा राख्नु पर्छ भन्ने उदेश्यले उनै गायिका तथा मोडल निमिशा संगको सहकर्मि साथी रोशन पोखरेल ले अन्तरङ्ग कुराकानी गर्नुभएको छ ।
आजकाल के गदै हुनुहुन्छ ?
म काठमान्डौको आर आर क्याम्पसमा जर्नालिजम पढदै छु साथै कलाकारिता क्षेत्रमा समेत क्रियाशिल रहेको छु विगत ३ वर्ष देखी
कलाकारितामा तपाई कसरी प्रवेश गनुभयो नी ?
सानै उमेरदेखी दोलखामा हुदा विद्यालयको कार्यक्रममा सवै साथीको हौसला र सुरुमा रहरै रहरमा गित संगितमा प्रवेश गरियो ।
तपाईको बाल्यकाल कहाँ वित्यो नी ?
दोलखाकै घरैमा मेरो बाल्यकाल बित्यो , जे होस खुसी साथ बिताए मैले मेरो बाल्यकाल । सानै देखी हरेक सास्कृतिक कार्यक्रममा गित संगितमा गाउने गर्थे ।
परिवारमा कति जना सदस्य हुनुहुन्छ ?
७ जना दाजु भाई दिदि वहिनी छौ हामी
गित सङ्गितमा लाग्ने सोच कहिले बन्यो र कहाँ बाट सुभारम्भ भयो ?
म सानै देखि अतिरिक्त क्रियाकलापमा सकृय थिए , गित गजल बक्तित्वकला बादबिबाद हाजिरीजबाफ आदि इत्यादिमा सधै पुरस्कृत भैरहन्थे , गित संगीत मै लागौंला भन्ने सोच त थिएन तर नाम हुने सबैले चिन्ने काम गर्छु भन्ने थियो ,अध्ययनको शिलशिलामा काठमान्डौमा आएपछि गित संगित सिक्नको लागी रहर लाग्यो अनि कलाकारिता क्षेत्रमा लाग्ने निर्णय गरे ।
प्राय लेडिज कलाकारहरु अलिक धमण्डी हुन्छन रे ?
मुस्कुराउदै!!! आफुसगँ केहि अलग खुवी विशेष छ भने केटी मात्र जो कोही पनि धमण्डी हुन्छन् नी अनि केटीहरुको धमण्ड त गड गिफट हो जस्तो लाग्छ तर म अरु जस्तो धमण्डी चै छैन
यहाँ द्वारा स्वरबद्ध गरिएको पहिलो गित कुन हो ?
मलाई माया गर्ने तिमी हैन एउटा हो जुन गित मा मैले अवसरको सुरुवाता मलाई श्रोता माझँमा आफनो आवाजको कला प्रस्तुत गर्ने अवसर पाएको छ ।
तपाइँ बिबाहित हो कि अविवाहित ?
हा हा हा !!! हजुर म अबिबाहित हुँ ।
तपाई प्रेममा कतिको विश्वास गर्नुहुन्छ ?
म त्यति विश्वास गर्दिन हरेक कुरालाई सकारात्मक तरिकाले सरकारात्मक रुपमा लिनुपर्छ जस्तो लाग्छ ।
तपाई कस्ताो साथी मन पराउनुहुन्छ ?
जो मित्रताको अर्थ बुझछन र आफनो दुखमा मात्र नभई सुखमा नी निस्वार्थ राखी मित्रता निभाउन त्यस्ता साथी मलाई औधी मन पर्छ ।
मेकअपमा कतिको खर्च हुन्छ ?
लेडिज हुँ सामान्य खर्च भै हाल्छ नी हेैन र ।
आफ्ना श्रोता तथा दर्शकहरुको राती कत्तिको फोन आउँछ ?
म गित गाउने साथै नृत्यमा रुचि भएकोले बिदेशको लागि फोन आउछ तर अहिले सम्म मैले विदेशमा गित गाएर श्रोता माझँमा पुगेको छैन । आगामी दिनमा चै चाडै जाने विचारमा छु ।
विवाह मागी की प्रेम गर्ने ?
मागी गरेर प्रेम पो गर्नु पर्छ की तर यस बारेमा सोचेको छैन अहिले नै ‘ यसरी कला क्षेत्रमा अगाडि बढिरहेको मान्छेलाइ
राती राती आफ्ना शुभचिन्तकबाट फोन आइरहदा घरका सदस्यको प्रतिक्रिया कस्तो आउछ ?
मेरो घरमा सवैजना फेमेलियर भएर होला मेरो हरेक काममा सपोर्ट गर्नुभएको छ । मलाई याद छ । बुवाले सानोमा छदाँ घरमा मेरो लागी छुटटै रेडियो ल्याइदिनुभएको थियो । म पनि छुट्टी को समय रेडियोमा गित सुन्दै नाच्ने गर्थे । तर मेरो दिदिले धेरै सपोर्ट गर्नुभएको छ ।
अन्य घरपरिवारको तर्फबाट तपाइँ यो क्षेत्रमा लाग्दा खेरिका साथ सहयोग कस्तो छ ?
ठिकै छ । सवैजनाले सपोर्ट गर्नुहुन्छ ।
हरेक दिनको दैनिकी कसरी सुरु हुन्छ ?
म विहान उठने वितिकै विहान कलेज जान्छु त्यसपछि कलेजबाट आएर म्युजिक कलासमा जान्छु फुर्सदको समयमा नेटमा साथी भाइहरु र आफन्त सगँ कुराकानी फेसवुकमा कुरा गर्छु ।
कलाकारिता क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नुपर्छ ?
हेर्नुस सर्बप्रथम त हामी आफुमा सक्षम हुन पर्छ, आफुमा एक जुट हुन पर्छ, हामिमै एकता छैन, दोस्रो कुरा राज्यले कलाकार लाई गहनाको रुपमा होइन अङ्गको रुपमा स्विकार्न सक्नु पर्छ र कलाकारको लागि केही सहज ब्यब्स्था गर्दिन पर्छ । कलाकारिताको सम्पुर्ण बिधालाइ एकै ठाउमा समेटेर सबैलाइ सेन्सर लगाएर पास गराउन पर्छ, बिकृत पक्षलाई कारबाही गर्न हिच्किचाउनु हुदैन ।
मिडियाको भुमिका ?
मिडिया भनेको राज्यको चौथो अङ्ग हो , मिडियालाई लाखौ दर्शक श्रोताले बिस्वास गर्छन , तसर्थ हाम्रालाइ होइन राम्रालाइ मात्र स्थान दिने गर्नु पर्छ , अनि नराम्रा पक्षहरु आफै बिलिन हुनेछन । त्यस कारण तपाईहरुलाई जस्तो कला र मनोरञ्जनमा क्रियाशिल भएका सेलिब्रेटिका सकारात्मक गतिविधिलाई स्रोता माझँमा पुयाएर अगाडि बढनको लागी प्रेरणा दिनुभएको छ र्हौसला दिनुभएको छ जुन कार्य प्रंसनिय रहेको छ ।
भाग्य र कर्ममा बिस्वास बढी कुन गर्नुहुन्छ ?
म दुबैलाइ उत्तैकै बिस्वास गर्छु , कर्म गरे भाग्य ढिलो चाडो अबश्य बन्नेछ ।
अन्तमा हाम्रा पाठकहरुलाइ छुटेका कुरा केही भन्न चाहानु हुन्छ ?
तपाईहरुको आत्मीय साथ र सहयोगको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु साथै तपाईहरुको यो मिडियाको अझ प्रगतीको लागी शुभकामना दिन चाहन्छु । नेपाली गित संगितलाई माया गर्नुहोला र नव प्रवेशी लाई पनि साथ र सहयोग दिनुहोला भन्न चाहन्छु । धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा । रोशन जी तपाई लगायत तपाई क्रियाशिल मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउनी मौका दिनु भएकोमा , यो अनलाइनले सबैको मन जितोस ।

तपाईको प्रतिक्रिया