sanghiya press forum conferenece prem itahari

४ माघ, प्रेम गिरी दुहवी। सुनसरीको इटहरीमा संघीय प्रेस फोरम नेपाल सुनसरीको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपाल सुनसरी जिल्लाको एकताको ऐतीहासीक प्रथम जिल्ला अधिवेशन माघ २० र २१ गते हुने संसफो नेपालका सुनसरी जिल्ला सह–सचीव गुलाब शर्माले जानकारी दिएका छन ।

पार्टी केन्द्रिय समितिको तेश्रो पुर्ण बैठकको योजना अनुसार माघ भरमा जिल्ला अधिवेशन गरि सक्नु पर्ने भएको हुँदा अधिवेशनमा संसफो नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव पार्टीका वरिष्ठ नेता अशोक राई, वरिष्ठ उपाध्यक्ष युवराज कार्की सचिव पर्शुराम बस्नेत लगायत आउँने भएका छन ।

संसफो सुनसरी जिल्ला अध्यक्ष भगिरथ खत्वेले माघ ५ गते सम्ममा पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने र माघ १० गते सम्ममा मातहतको अधिवेशन समपन्न गरि सक्ने योजना सहित जिल्ला अधिवेशनमा ५०० प्रतिनिधि तथा पर्यवेक्षक रहने जानकारी दिएका छन । प्रेस फोरम नेपाल सुनसरीका अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा समपन्न भएको पत्रकार सम्मेलनमा अतिथीहरु संसफो नेपालका केन्द्रिय सदस्य भिम राई, पदम अधिकारी संसफो नेपाल इटहरी नगर समिति अध्यक्ष राजकुमार गुरुङ पत्रकारहरु यम प्रधान, प्रवीण राई, वेदराज पौडेल, अमर खड्का, पुष्कर खतीवडा, लगायतको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया