studnet school balbalika bijay gachadar1
अमर काफ्ले, ४ माघ / विद्यालय शान्त्रि क्षेत्र घोषणा भएको ५ वर्ष बिति सक्यो । घोषणाताका प्रमुख राजनैतिक दलका जिम्मेवार तहका नेताहरुले नै उक्त घोषणा कार्यान्वयनमा प्रतिवद्धता जनाए ।यद्यपी पछिल्लो पटक सुनसरीमा विद्यालय विदा गरी आयोजना गरिएको दलिय कार्यक्रमले शान्ति क्षेत्र कार्यान्वयनमा पूनः एकपटक बहसको वातावरण सीर्जना गराएको छ ।

मंगलवार नत कुनै सार्वजनिक विदा नै थियो । यद्यपी सुनसरीको दक्षिणवर्ति गाविस मध्यहर्षाहीमा रहेको जनता निमावीमा विदा दिइयो ।
पूर्व जानकारी पनि गराइएको थिएन् विद्यालय विदाको बारेमा । विद्यार्थी विद्यालय त पुगे तर हाजिरी मात्र गरियो अनि छुट्टी भनियो । कारण एउटै थियो । स्कुल हातामा दलीय कार्यक्रमको आयोजना ।कार्यक्रमको तयारीका लागि भनेर स्कुलको पठन पाठन बन्द गराइयो ।  किताब बोकी स्कुल पुगेका विद्यार्थी छुट्टी भएसँगै विद्यालय हातामा भौतारिरहे ।

studnet school balbalika bijay gachadar
दलीय झण्डा विद्यालयमा फहराइ रहेका थिए । कार्यक्रममा सहभागि हुन मात्र हैन् । कार्यक्रममा सहभागि नेताको स्वागतमा स्कुले पोशाकमै विद्यार्थी लामवद्ध भेटिए ।विद्यालय छुट्टी दिइयो , पढाइ भएन , नेता आउने अरे भनेर सुनाउँदै थिए विद्यार्थीहरु । कक्षा ८ का विद्यार्थी देवकृष्ण मेहता विजयकुमार गच्छदार आउने अरे अनि विदा भयो भन्दै थिए । देवकृष्णलाई विद्यालय शान्ति क्षेत्रका बारेमा थोरबहुत जानकारी रहेछ । उनि भन्दै थिए विद्यालयमा यस्ता कार्यक्रम गर्नु हुँदैन तर ठुलो नेता आउने भनेर हामीलाई छुट्टी दिए ।

सो विद्यालयमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको ४ नम्वर अगुवा कार्यकर्ता भेला कार्यक्रमको आयोजना गरिएको थियो । जुन कार्यक्रमको प्रमुख अतिथि थिए नेपाल सरकारका पूर्व उपप्रधान मंत्री रही सकेका फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छेदार ।
विद्यालय शान्ति क्षेत्र हो । जहाँ दलिय कार्यक्रम लगायत पठन पाठनमा प्रभाव पर्ने कुनैपनि गतिविती अवान्छनीय छ । तर जनता निमाविको फिल्डमा दलीय कार्यक्रम निर्वाध संचालनमा थियो । फिल्डभरी पार्टीका नेता तथा कार्यकर्ता सँगै झण्डा मुनि विद्यालय पोशाकमै बसेका विद्यार्थीहरु पढाईको साटो नेताका भाषण सुनिरहेका थिए ।

किन गरियो विद्यार्थीलाई विदा दिएर विद्यालयमा कार्यक्रम भन्ने प्रश्नमा जनता निमाविका प्रअ बुनाई मेहताले आफुलाई विद्यालय हातामा कार्यक्रम भन्ने विषय पछि मात्र जानकारीमा आएको प्रतिकृया दिए । उनि भन्दै थिए कार्यक्रम बाहिरको चौरमा आयोजना हुने भनिएको थियो । पछि कार्यक्रम सरेछ । खै कसरी भयो मलाई थाहै भएन् । प्रअले गर्नु नहुने काम भयो भन्ने स्विकारेता पनि सबैको कुरा मान्नु आफ्नो बाध्यता बताए । उता विद्यालय व्यवस्थापनि समितिका सदस्य बिजयकुमार झाले भने कार्यक्रम विद्यालय भित्रै राख्नु आफुहरुको स्वार्थपूर्तिका लागि भएको बताए । उनले नेताबाट आर्थिक सहयोगको प्रलोभनमा विद्यालयमै कार्यक्रम गरिएको बताए ।

२०६८ सालमानै सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको छ । केही समय अघि सम्म निकै कार्यक्रमहरु विद्यालय केन्द्रित हुने गर्दथे । विद्यार्थीलाई राजनैतिक कार्यक्रममा प्रयोगमा ल्याइने गरिन्थ्यो । पछिल्लो समय निकै कम भएको र कमै मात्रामा सुन्न आएका यस्ता उल्लंघनका घटनालाई पछिल्लो मंगलवार जनता निमावी मध्यहर्षाहीको विद्यालयमा सम्पन्न दलीय कार्यक्रमले कार्यान्वय पक्षको प्रभावकारितामा प्रश्न तेर्साएको छ ।

तपाईको प्रतिक्रिया