भोजपुर, माघ ५। भोजपुरको जरायोटार ३ मा बुधबार सहचालकले चलाएको टिपरले किचेर टिपरका चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ओमश्री क्रशर उधोगको बा २ क १०८५ नम्बरको टिपरका चालक भोजपुर याकुविर्ता १ बस्ने टेकबहादुर भुजेल रहेका छन।

बुधबार बिहान ढुङा लोड गर्नकालागी सहचालक दशरथ कटुवालले टिपर ब्याक गर्दा पछाडी उभिएका भुजेललाई किचिएको हो। गम्भीर घाइते चालक भुजेललाई उपचारका लागि धरानतर्फ ल्याउनेक्रममा बाटैमा उनको मृत्यु भएको प्रहरी चौकी जरायोटारले जनाएको छ।

तपाईको प्रतिक्रिया