saptari lagu ausadhi crux drug pakrau

५ माघ, राजबिराज । मंगलबार राती सप्तरीको हनुमाननगर-योगिनीमाई नगरपालिका ८ बाट  तीन सय बोतल लागूऔषध कोरेक्ससहित दुई जना पक्राउ परेका छन।पक्राउ पर्नेमा भारत सुपौल भगवानपुर ग्रामपंचायत १० का शिवनन्दन पोदार र सप्तरी हनुमाननगर-योगिनीमाई नगरपालिका ८ का मोहमद जावेद मियाँ रहेका छन्।

हनुमाननगर दक्षिण कोशी पलारको बाटो हुँदै लागूऔषध तस्करी हुँदै छ भन्ने विशेष सुचना आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सादा पोशाकमा खटिएका टोलीले उनीहरुलाई राती साढे आठ बजे पक्राउ गरेका हुन्।

बिआर-५०-ई-८५३८ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुले जुटको बोराभित्र लुकाई सो लागूऔषध बोकेका थिए।बुधबार जिल्ला अदालत सप्तरीबाट दुबै जनालाई  लागूऔषध अन्तर्गत म्याद थप गरि अनुसन्धान भइरहेको जि प्र का सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया