nepal mahila udhami mahila sangh sunsari itahari५ माघ, इटहरी। सुनसरी जिल्लामा उद्यमशील कार्यमा सक्रिय रहँदै आएका महिलाहरुको बुधवार इटहरीमा भएको भेलाले सुमि थापाको जिल्ला अध्यक्षतामा नेपाल उद्यमी महिला सङ्घको स्थापना भएको छ ।सङ्घको उपाध्यक्षमा अम्विका श्रेष्ठ, सचिवमा शान्ति गजमेर ,सहसचिवमा राधिका कार्की र कोषाध्यक्षमा शान्ता राई छनौट भएका छन ।

त्यसैगरी सोही भेलाले सङ्घको कार्य समिति सदस्यहरुमा धरानबाट शुभेच्छा अधिकारी, शोभा गजमेर ,सविता दाहाल ,सावित्रा नेपाल, मनु राई रञ्जु सोनी शिवु दाहाल नीता शर्मा छानिएका छन् । कार्य समितिको सदस्यमा दुहवी र भासी क्षेत्रको पछि प्रतिनिधित्व रहने पनि निर्णय गरिएको छ ।

सो अवसरमा पूर्वाञ्चल उद्योग बाणिज्य सङ्घका अध्यक्ष टङ्क दुलालले महिला उद्यमीहरुले सङ्गठित भएर पेशा ब्यवसायमा सक्रिय महिलाहरुलाई अझ शसक्त बनाउनका लागि महिला उद्यमी सङ्घमा आवद्ध महिला उद्यमीहरु आफुहरुलाई क्रियाशील बनाउनु पर्ने बताए ।

कार्यक्रममा नेपाल महिला उद्यमी सङ्घकी केन्दिय सदस्य अनुजा सुवेदीले  इलामका महिला उद्यामीहरुले छोटो समयमा सङ्गठित भएर  आफुहरुलाई शसक्त तुल्याई सकेकाले महिला उद्यमीहरुले आफुलाई सशक्त तुल्याउनका लागि क्रियाशील हुन प्रोत्साहित गरेका थिइन  । कार्यक्रम सुमि थापाको अध्यक्षतामा  सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया