kath wood८ माघ, रोशन पोखरेल विराटनगर  । पूर्वी क्षेत्रका उपभोक्ताको मागलाई पूर्ति विराटनगर नाका भएर १४ हजार क्युविक घनमिटर भन्दा बढी काठ नेपाल भित्रिएको छ । ठुलोे परिमाणका काठ भारत लगायतका क्षेत्रबाट पूर्वी नेपालमा भित्रिने गरेको छ । विभिन्न घरायसी सजावट का लागी उक्त परिमाणको काठ आयात भै रहेको स्थानिय व्यापारिहरुले बताएका छन । बजारमा साल , सिसौ, कदम लगायतका फर्निचरका सामागी साथै गृह निमार्णमा पनि काठको माग हुदै आएको छ । विराटनगरमा मात्र यस वर्ष काठको व्यापार ठुलो मात्रामा बढेको जिल्ला वन कार्यालय मोरडले जानकारी दिएको छ ।

मागअनुरुप आपूर्ति हुन सक्ने सम्भावना नदेखिएपछि विराटनगर लगायतका पूर्वी सहरका उपभोक्ताको मागलाई ध्यानमा राखेर काठ तेस्रो मुलुकबाट काठको आयात हुन थालेको हो । जिल्ला वन कार्यालय मोरङका अनुसार, आव ०७०÷७१ मा पाँच हजार ८५३ क्युविक घनमिटर, ०७१÷७२ मा तीन हजार ६४८ क्युविक घनमिटर, ०७२÷७३मा एक हजार ८५५ क्युविक घनमिटर र चालु आर्थिक वर्षको प्रथम ६ महिनामा तीन हजार ९६ क्युविक घनमिटर गरी कुल १४ हजार ४५२ क्युविक घनमिटर काठ यो नाका भएर नेपाल भित्रिएका छन् । सबैभन्दा बढी काठ इन्डोनेसिया र बर्माबाट भित्रिएका छन् ।

बाहिरबाट आयात गरिएको काठहरु बढि मात्रामा भवनको झ्याल र चौखटमा बढी प्रयोग हुने गर्दछ । भित्र्याइएका यी गोलिया काठ व्यापारीले सोझै बिक्री गर्ने वा झ्याल, ढोकालगायतका सामग्री निर्माण गरी थोक बिक्रेतालाई उपलब्ध गराउने गर्छन् । काठको माग बढदो भएर जिल्ला वन कार्यालयले वैकल्पिक वन व्यवस्थापन कार्यक्रम र साझेदारी वन कार्यक्रममा जोड दिइएको जिल्ला वन कार्यालयका प्रमुख विनोद देवकोटाले बताउनुभयो ।

यस कार्यक्रम अन्तर्गत जङ्गलभित्रका सुकेका, ढलेका काठलाई सङ्कलन गर्नुका साथै पूर्णरुपले तयार भएका रुखलाई कटान गरी आन्तरिक बजारमा उपलब्ध गराउन सकिने उहाँले जानकारी गराउनुभयो ।साथै उपभोक्ताले बन पैदावार को सरक्षणमा पनि विशेष रुपमा संरक्षण गर्न सहयोग पुयाउदै वनमा अनावश्यक रुपमा विनास हुन नदिनको लागी बन समिति निमार्ण कार्यलाई जोड दिइएको वन कार्यलय प्रमुख देवकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया