८ माघ, झापा। झापाको मेचीनगर नगरपालिका १० स्थित मेची पुलबाट शुक्रबार लागूपदार्थ जन्य ईन्जेक्सन सहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ७ मंगलबारे बस्ने २१ वर्षिय ललित तामाङ रहेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।

चेकजाँचकाक्रममा तामाङले शरीरमा टेपले टाँसेर ल्याउँदै गरेको अवस्थामा ७८ एम्पुल डाइजेपाम, फेनारगन २६ एम्पुल, र लुपिजेसिक बरामद भएको थियो।

तपाईको प्रतिक्रिया