hatya india child mutu mahila muderएजेन्सी । भारतको लुधियानास्थित एक विभत्स हत्याको खबर सार्वजनिक भएको छ । लुधियानास्थित एक विद्यालयको ८ कक्षामा पढ्ने बालकले ९ वर्षका बालकको मुटु निकालेर स्कूलको ग्राउन्डमा फ्याँकेका छन् । आरोपी सुरेशले ती बालकलाई मार्नुको कारण पनि चकित गरिदिने किसिमको छ ।

स्रोतका अनुसार सुरेश विद्यालयका शिक्षकलाई घृणा गर्दथे किनभने उनले गल्ती गर्दा उनलाई सबैको अगाडि पिटिन्थ्यो । बच्चालाई मारेर सुरेश स्कूललाई बदनाम गर्न चाहन्थ्यो ।

– घटना १६ जनवरीको हो । ९ वर्षका दिपु खेल्दा खेल्दै अचानक गायब भए ।

– दिपु हराएको अर्को दिन दिपुको बुवालाई घर नजिकै रगतले लत्पत्तिएको प्लाष्टिको ब्याग भेटिएको छ भन्ने खबर थाहा भयो जहाँ पुलिस पनि पुगेको थियो ।

– उनी पनि घटनाबारे थाहा पाउन छिमेकीसँगै त्यहाँ जाँदा ब्यागबाट बच्चाको शरिरको टुक्रा भेटियो ।

– त्यो हेर्दा हेर्दै दलिपले चिच्याउँदै भने, ‘मेरो छोरलाई कसैले मारिदियो ।’

घटनाको चौथो दिन आरोपी पक्राउः

– बालकको शवको टुक्रा देखेर सबै विचलित भए । घटनाको चौथो दिन आरोपीको पत्ता लाग्यो ।

– बालक दीपूलाई मार्ने उनकै घरभन्दा केही पर बस्ने ८ औं कक्षामा पढ्ने १५ वर्षीय बालक थिए ।

– पोस्टमार्टम रिपोर्टमा पत्ता लाग्यो, दीपूको शवको टुक्रामा मुटु छैन ।

– आरोपीले सोधपुछको क्रममा दिएको जानकारी अनुसार एक औजारको मद्दतले दीपूको मुटु निकालेर आफ्नो विद्यालयको ग्राउन्डमा फ्याँकिदिए ।

– विद्यालयका शिक्षकहरुलाई पाठ पठाउनका लागि यस्तो गरेको उनले बताए ।

क्राइम पेट्रोलको हरेक भाग हेर्दथे सुरेशः

– सुरेशका अनुसार उनी टिभीमा क्राइम पेट्रोलको हरेक भाग हेर्ने गर्दथे ।

– एक भागमा उनले बच्चाको अपहरण गरेर उनको मृगौला निकालेर मारिएको देखे ।

– यहि भाग हेरेपछि उनले आफ्नो घर नजिकैको दीपूको हत्या गर्नेबारे सोचेको उनले बताए ।

– बच्चाको शवबाट मुटु निकालेर स्कूलको ग्राउन्डमा फ्याँक्दा मानिसहरुले स्कूलबाट बच्चा अपहरण भइरहेको र उनीहरुको अंग निकाल्ने गरेको आशंका गर्ने मनसायले दिपूको हत्या गरेको उनले बताए ।

– दोस्रो कारण उनी पैसा कमाउन चाहन्थे । उनले दिपूको बुवासँग थुप्रै पटक धेरै पैसा भएको देखेका थिए ।

– दिपूलाई हत्या गरेपछि फिरौती रकम दिएर आफू गाउँ भाग्ने उनले सोच बनाइरहेको पनि बताए ।

चङ्गा उडाउन दिने लोभ देखाएर बच्चालाई घर लगेका थिएः

– १६ जनवरीमा सुरेशले दिपूलाई चङ्गा उडाउने लोभ देखाएर घर लगेका थिए । त्यसपछि केही बाहाना बनाएर खाटमा पल्टाएर घाँटी थिचेर हत्या गरिदिए ।

– हत्या पछि उनले शवलाई बाथरुममा लगेर खुर्पीले स–साना टुक्रा बनाए । प्लाष्टिकको थैलोमा शरिरको टुक्रा भरेपछि मुटु निकालेर स्कूलको ग्राउन्डमा फ्याँकिदिए । राताेपाटीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया