एजेन्सी । डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेको भोलीपल्ट नै उनलाई ट्विटरमा ५० लाख भन्दा बढीले फलो गरेका छन् ।अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा सपथ लिए लगत्तै ट्विटरमा उनलाई ५० लाखले फलो गरेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।

शुक्रबार ट्रम्पले राष्ट्रपतिको रुपमा सपथ लिएसँगै उनले गरेको भाषण फेसबुक लिंक र ट्विटरमा शेयर गरिएको थियो।शुक्रबार विहानसम्म अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्विटर एकाउन्ट ओबामासँग भए पनि शुक्रबार दिउँसो नयाँ राष्ट्रपति ट्रम्पलाई बुझाइएको थियो।

यसअघि राष्ट्रपतिमै कायम रहँदा ओबामाले गरेका सबै ट्विटलाई सुरक्षित एटदरेट पीओटीयुएस ४४ को नयाँ एकाउन्टमा राखिएको छ।

 

तपाईको प्रतिक्रिया