११ माघ, विराटनगर। विराटनगरमा जारि विश्वमाझि ट्वान्टी २० क्रिकेट प्रतियोगिता आन्तर्गत आज भएको पहिलो खेलमा अरनिको वोर्डिंग स्कुल ७ विकेटले विजयी भएकोछ ।
विराटनगर स्थित डिग्री कलेजको खेलमैदानमा जारि प्रतियोगिताको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको राइजिङले १८ ओभर ३ बलमा सवै विकेट गुमाइ १ सय १३ रन मात्र बनाउन सक्यो । राइजिङका लागि अकबर आलमले २५ र सम्सेर आलमले २१ रनको योगदान दिएपनि अन्य ब्याट्स्म्यानहरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।
खेलमा अरनिको बोर्डिङ स्कुल विराटनगरका लागि आयुस भगत, नवराज भण्डारि र राज लोखटियाले समान २÷२ विकेट लिए । १ सय १४ रनको विजय लक्ष्य सहित मैदानमा उत्रिएको अरनिकोले १० ओभर २ बलमा ३ विकेट मात्र गुमाएर खेल जितेको हो ।
अरनिको स्कुलका लागि तनविर आलमले नटआउट ३१, केशव मसुरिले २४ र राका यादवले २३ रनको योगदान दिए । राइजिंगका लागि रोनित विकले २ विकेट लिएका थिए । खेलको म्यानअफ द म्याच अरनिकोका तनविर आलम घोषित भए । प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा अहिले शिव इन्टरनेशनल राजविराज र सप्तकोशि बोडिङ्ग  स्कुल विच प्रतिष्पर्धा भइरहेकोछ ।

तपाईको प्रतिक्रिया