एजेन्सी । भारतीय कलाकारीताका आर्दश पुरुष अमिताभ बच्चन आफ्नी श्रीमती जया बच्चनसँग सँगै नबस्ने खुलासा भएको छ । बुहारी ऐश्वर्या राय बच्चनसँगको सम्बन्धलाई लिएर उनीहरू अलग भएको भारतीय समाजवादी पार्टीका नेता अमर सिंहले एक टेलिभिजन अन्तर्वार्तामा रहस्य खोलेपछि यो खबरले अहिले भारतमा निक्कै चर्चा पाइरहेको छ ।
नेता सिंह अमिताभका नजिकका साथी भएका कारण यो कुराको जानकारी सत्य भएको भन्दै आँफुलाई बच्चन परिवारमा फाटो ल्याएको भन्ने आरोप लगाएको भन्दै सत्य कुरा के हो भने उनीहरू पहिलेदेखि नै बेग्लाबेग्लै बस्ने गरेको रहस्य उनी बाहिर ल्याइदिएका छन् । जया र ऐश्वर्याबीचको खटपटमा आफ्नै कुनै संलग्नता नभएको समेत उनले अन्तरवार्तामा रहस्य खोलेका छन् ।