koshi bepata afanta badhi

१३ माघ, इनरुवा। साढे चार महिनाअघि अर्थात असोज १ गते शनिवार दिउँसो सप्तकोशी नदीमा डुङ्गा दुर्घटनामा परि बेपत्ता भएका ९ जना श्रीलङ्का टप्पुबासीको अझै लाश फेला पर्न सकेको छैन ।अहिले सप्तकोशी नदीमा बेपत्ता भएकाहरुको खोजी कार्य पनि रोकिएको छ ।

बेपत्ताका लाश फेला नपरेको पीडा परिवारजनमा छ भने मृतकका आफन्तले मृत्यु दर्ता गर्न नपाएको र मृतकका आफन्तहरु कसैले पनि क्षतिपूर्ति समेत पाउन नसकेको गुनासो बढिरहेको छ । प्रकाशपुर ४ को श्रीलङ्का टप्पु वडा नागरिक मञ्चका अध्यक्ष रामविलाश चन्द्रवंशीका अनुसार सोही घट्नामा परि बेपत्ता भएकी नीतादेवी चन्द्रवंशीको मृत्यु प्रमाण गविसले नबनाई दिएकाले उनले काम गर्दै गरेको जीवन विकास संस्थाले उपलब्ध गराई दिने भनेको १० हजार रुपैयाँ सम्म उनको परिवारले पाउन सकेको छैन ।

छोरीको कानको उपचारका लागि गएकी बोल्टु चन्द्रवंशीको श्रीमती सकुन्तला चन्द्रवंशी र उनको छोरी सोनी चन्द्रवंशीको पनि लाश फेला परेको छैन । गाविसले  उनीहरुको पनि मृत्यु प्रमाण  नदिएको कारण बोल्टुले कहि कतैवाट क्षेतिपूर्ति पाउन नसकेको गुनासो सुनाए । तीन जना आफन्त गुमाउन पुगेका गोल्छा झाको श्रीमती दुर्गा झा, छोरी रेखा झा र बहिनी मीना झाको पनि लाश फेला परेको छैन । उनले पनि गाविसबाट मृत्यु दर्ता प्रमाण लिन धेरै पटक धाए पनि त्यो प्रमाण पत्र प्राप्त गर्न नसकेको गुनासो सुनाउनुभयो डुङ्गा चालक कुन्जन झाको पनि लाश फेला नपरेको छिमेकी सोनु चन्द्रवंशीले जानकारी दिनुहुँदै अझै उनको काजक्रिया समेत नगरिएको बताउनुभयो ।

सो घट्नामा अशोक चन्द्रवंशीको श्रीमती पार्वती हरिवोल केवरतको श्रीमती सीतादेवी बुलबुल गुहारको श्रीमती लगायतको पनि लाश फेला नपरेको पीडितहरुले जानकारी दिनुभएको छ । सप्तकोशी नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका कसैको पनि गाविसले मृत्यु प्रमाण पत्र नदिएको र बेपत्ता सवैको परिवारले क्षतिपूर्ति नपाएको गुनासो गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया