arna final

१३ माघ, इनरुवा। स्थानीयवासीको बिरोधको बावजुद पनि सरकारको निर्णयमा कोशीटप्पु बन्यजन्तु आरक्षमा मात्र पाईदै आएको अर्ना चितवन राष्ट्रिय निकुञ्चका लागि एक जोडी विहीबार हस्तान्तरण गरिएको छ । केही दिनदेखि बन मन्त्रालय आरक्ष विभागबाट आएका विशेषज्ञ टोलीले कोशीटप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा रहँदै आएका अर्नामध्ये पहिलो चोटी भाले र पोथी एक जोडी अर्ना खोरमा हालेर लैजानका लागि हस्तान्तरण भएको हो ।

कोशीटप्पु बन्यजन्तु आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेललाई हस्तान्तरण गर्नुभएको हो । अर्नाको जीन संरक्षण गर्ने उद्देश्यले चितवनमा अर्ना हस्तान्तरण गरिएको हो । आरक्ष विभागले कम्तिमा दशदेखि पन्ध्र जोडी अर्ना चितवन लैजाने तयारी गरिरहेको बताईएको छ ।हाल कोशीटप्पु बन्यजन्तु आरक्ष १२० बयस्क भाले अर्ना १८२ बयस्क पोथी अर्ना,२ बर्ष उमेर समुहका ३५, १ बर्ष उमेर समुहका ८१ वटा र साना बच्चाका रुपमा १४ वटा अर्ना रहेको आरक्षले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया