१५ माघ, धरान।  हिसान सुनसरीद्वारा आजदेखि आयोजित पाचौं हिसान खेलकुद सप्ताह २०७३ अन्तर्गत आज भएको फुटबल प्रतियोगितामा नाष्ट कलेज धरान र युरेका उच्च मावि धरानले विजयी शुरुवात गरेका छन ।

धरानस्थित पुर्वाञ्चल क्याम्पस खेल पैदानमा भएको उदघाटन खेलमा नास्ट कलेज धरानले नर्थ पोईन्ट उमावि ईटहरीबीचको खेल ५–४ को अन्तरले नर्थ पोईन्टलाई हराएको छ । खेलको निर्धारित समयसम्म दुवै टिमले १–१ गोल गरेपछि ट्राईव्रेकरबाट निर्णय लिईएको थियो । खेल समयमा नास्टका सकुल राई र नर्थ पोईन्टका जगदिश फुँयालले १–१ गोल गरेका थिए । खेलको निर्णय ट्राईब्रेकरमा तानिएपछि नास्टको तर्फबाट ४ र नर्थपोईन्टको तर्फबाट ३ गोल भएको थियो ।

त्यस्तै आज भएको दोस्रो खेलमा युरेका उच्च मावि धरानले सयपत्री उमावि तरहरालाई २–० गोल अन्तरले हराउँदै विजयी भएको छ । युरेकाको तर्फबाट सन्दिप गुरुङ र दिप्सन राईले गोल गरेका थिए । आयोजकका अनुसार भोलि आईतबार ४ खेल हुने भएको छ । पहिलो खेल विश्व आदर्श र डिपो उच्च मावि, दोस्रो खेल कोशी सेन्टजेम ईटहरी र युनिक उमावि ईटहरी, तेस्रो खेल कस्तुरी कलेज ईटहरी र चामुण्डा बोर्डिङ हाईस्कुल ईटहरी र चौथो खेल एम्स कलेज धरान र धरान आदर्शबीच हुने फुटबल खेलका संयोजक बालजित राईले बताउनुभयो  ।

हिसान स्पोर्ट  राखि सुरु भएको विभिन्न खेल विधाको प्रतियोगिता माघ २१ गते समापन हुने भएको छ । सप्ताहको औपचारिक उदघाटन आज ईटहरीमा सुनसरी जिल्ला शिक्षा कार्यालयका प्रमुख खगेन्द्रप्रसाद अधिकारीले उदघाटन गर्ने भयो । कार्यक्रमको अध्यक्षता हिसान अध्यक्ष मुकुन्द घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया