१५ माघ, सुनसरी। सुनसरीको धरान २२ स्थित खैरेनी जंगलबाट शनिबार एक थान भरुवा बन्दुकसहित तीन युवक पक्राउ परेका छन। पक्राउ पर्नेमा धरान-२२ बस्ने बिरु लिम्बु, सोही ठाउँका निशल राई र पर्वत राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

उनीहरुलाई प्रहरी चौकी पानबारीको टोलीले विशेष सुचनाका आधारमा शनिबार दिउँसो पक्राउ गरेको हो। तीनै जनालाई इलाका प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया