Kp-oli1
काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। तिहार अगाडि नै सम्बोधन गर्ने तयारी गरेका प्रधानमन्त्री ओलीले तिहारपछि सम्बोधन गर्न लागेका हुन्।सरकार गठन भएको एक महिना पुरा भएको तथा देशमा देखिएको समस्याबारे प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्री ओलीले आज साँझ ६ बजे देशवासीका नाममा सम्बोधन गर्ने बताए।प्रधानमन्त्रीको सम्बोधनमा सरकारले राहतका लागि गर्ने काम, नामाबन्दीबाट उत्पन्न समस्या र सरकारले गरेको तयारीका विषयमा देशवासीलाई जानकारी दिने बताइएको छ। भारतले लगाएको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण मुलुकमा इन्धनको चरम अभाव भएको बेला प्रधानमन्त्रीको सम्बोधन आउन लागेको हो।

 

तपाईको प्रतिक्रिया