dharam pani aguwa krisak१६ माघ, सागर शर्मा। प्युठान जिल्लाको धरमपानी गाबिसमा अगुवा कृषकहरुको सहभागितामा सुधारिएको गोठेमल विकास सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

गाविस स्तरिय कृषि तथा भेटनरी समन्वय समिति धरमपानीको आयोजना र धरमपानी गाविसको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।आइतबार सम्पन्न भएको कार्यक्रममा धरमपानी गाविसका १८ जना अगुवा कृषकहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा गोठेमलको सुधार, मलमुत्रको व्यवस्थापन, गोठेमल बनाउने तरिका, गोठेमलबाट वालिमा हुने फाईदाको बारेमा सहभागीहरुलाइ जानकारि दिइएको थियो। रासायनिक मलको न्युनीकरण गर्दै अर्गानिक खेति तर्फ किसानलाई प्रोत्साहन गर्ने उध्यश्यले उक्त अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा वोल्दै गाविस सचिव लेखनाथ भट्टराईले किसानलाई आफ्नै घर वरिपरि खेरा गईरहेको फोहोर मैलालाई व्यवस्थित गर्दै समग्र देशले लिएको पूर्ण आनिवानिको अभियानमा एकाकार हुन कृषकहरुलाई आग्रह गर्नुभएको थियो । साथै रसायनिक मल तथा विषादिले मान्छे लाई मात्र असर नगरेर माटोको उर्वरा शक्ति नष्ट गर्ने भएकाले गोठेमलको प्रयोग गरि खेतिपाती गर्नुपर्नेमा उहाको जोड थियो । जिल्ला कृषि विकास कार्यालय प्युठानका प्राविधिक सहायक केशव खनालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया