१६ माघ, धरान । शनिबार सवारी चेकजाँच गर्नेक्रममा धरान ८ तिनकुनेमा एक युवकको साथबाट लागूऔषध बरामद भएको छ।अस्थायी प्रहरी पोष्ट तिनकुनेको टोलीले बसमा सवार धरान १६ बस्ने ३५ वर्षिय कान्छा विश्वकर्मालाई लागूपदार्थ जन्य इन्जेक्सनसहित पक्राउ गरेको हो।

प्रहरीले विश्वकर्मालाई शंका लागेर चेकजाँच गर्दा उनले आफ्नो शरिरमा टेपले बाँधेर लागूऔषध ल्याएको फेला परेको हो। उनको साथबाट एभिल २० एम्पुल, डाईजेल्याब २० एम्पुल र लुपिजेसिक २० एम्पुल बरामद भएको छ। विश्वकर्मालाइ इलाका प्रहरी कार्यालय धरानमा राखि अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया