yekamba firing gun lutera banduk4
अमर काफ्ले सुनसरी /सुनसरीको खनार चौक नजिकै इटहरी १४ स्थित सुनसरी मोरङ सिचाई आयोजनाको मुल नहरमा प्रहरी र लागु औषधका तस्करबीच आज दिउँसो दोहोरो गोली हानाहान भएको छ । सूचनाका आधारमा लागुऔषध तस्कर समूहलाई पछ्याउने क्रममा दोहोरो फाइरिङ भएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले बताउनुभयो ।

yekamba firing gun lutera banduk2 copy
एसपी पोखरेलका अनुसार अपराधी समूहले सादा पोषाकमा रहेका प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफमा प्रहरीले ११ राउण्ड गोली चलाएको हो । दोहारो फाईरिङका क्रममा अपराधी समूहमा संलग्न तीनजना घाईते भएको प्रहरीले जनाएको छ । गोली लागि घाईते हुनेहरुमा टंकी सिनवारी ७ का ३० बर्षिय श्रवण सरदार, इटहरी १३ खनारका ४० बर्षिय करिष्मा सरदार र मोरङ नेचा ४ का सतन पासवान रहेका छन ।

yekamba firing gun lutera banduk copy
घटना स्थलबाट प्रहरीले  मेड इन यूएसए लेखिएको तीन थान अटोमेटिक रिवल्भर, एक थान कटुवा पेस्तोल, दुई थान खोका सहित दुई वटा फरक फरक नम्बर प्लेटसहित होण्डा कम्पनीको साईन मोटरसाईक बरामद गरेको छ । घटनास्थलबाट प्रहरीले एक थान चक्कु, लागु औषध कोेरेक्स तीन बोतल, डाईजेल्याब २२४ थान समेत बरामद गरेको छ ।

yekamba firing gun lutera banduk3 copy
घाइते अपराधी समूह सुनसरी र मोरङमा पछिल्ला समयमा घटेका करिब आधा दर्जन अपराधका घटनामा संलग्नताको आधारमा प्रहरीको खोजिमा रहँदै आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया