deepa_shree_Nerula

काठमाडौं । हास्यकलाकार दीपाश्री निरौलाले छक्का पञ्जा चलचित्र हिट भएपछि नयाँ गाडी किनेकी छिन् । आफूले निर्देशन गरेको चलचित्रले १६ करोड माथीको ब्यापार गरेपछि दीपाले नयाँ गाडी किनेकी हुन् ।

दीपाश्रीले चलचित्र हिट भएपछि गाडी परिवर्तन गरेको बताएकी छिन् । उनले फेसबुक मार्फत फिल्म हिट भयो भने गाडी फेर्ने योजना राखेको र फिल्म सोचेभन्दा धेरै व्यवसायिकरूपमा सफल भएकाले गाडी परिवर्तन गरेको बताएकी छिन् । नयाँ गाडीको फोटो समेत दीपाश्रीले फेसबुकमा राखेकी छिन् ।

तपाईको प्रतिक्रिया