काठमाडौं । सत्ता हस्तान्तरण गनुपर्ने दिन (चैत मसान्त) नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नेतृत्वको वर्तमान सरकारलाई थप केही समय लम्ब्याउने खेलामा लागेका छन् । केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गरी नयाँ सरकार निर्माणका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच चारबुँदे गुप्त सम्झौता भएको थियो ।

उक्त सम्झौताको एउटा बुँदामा चैत ३० गतेसम्म माओवादी अध्यक्ष प्रचण्डले र वैशाख १ गते शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भनी लेखिएको छ । तर, अर्को बुँदामा भने प्रचण्ड नेतृत्वको सरकारले स्थानीय निर्वाचन गराउने र संघीय निर्वाचन शेरबहादुर देउवा नेतृतवको सरकारले गराउने भन्ने व्यहोरा उल्लेख छ ।

सम्झौतमा उल्लेखित मितिका हिसाबले प्रचण्ड अब दश हप्ता मात्रै पदमा बहाल रहनुपर्ने हुन्छ । तर, कामका दृष्टिले भने स्थानीय निकायको निर्वाचन गराएर मात्रै उउनले सत्ता छाड्नुपर्ने हुन्छ ।

प्रचण्डले स्थान्ीय निकायको निर्वाचन नगराईकन सरकार नछोड्ने संकेत बेलाबखत दिँदै आएका पनि छन् । चारबुँदे समझौतमा चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गराउनुपर्ने व्यहोरा उल्लेख गरिएको भए पनि आगामी चैतयता कुनै पनि स्तरको निर्वाचन सम्भव नहुने स्पष्ट भइसकेको छ ।

गृहमन्त्री बनेर धेरै काम गर्न बाँकी रहेको ठान्ने विमलेन्द्र निधि प्रचण्डलाई थप केही समय टिकाउन सक्दा मात्रै आफ्नो आकांक्षा पूरा हुने ठानेका छन् । त्यसैले आगामी वैशाख १ गते पूर्वसम्झौताबमोजिम शेरबहादुर देउवालाई प्रधानमनत्ती बन्न नदिने षड्यन्त्रमा विमलेन्द्र निधि पनि सामेल भएको पाइएको छ ।

मधेसमा कायस्थहरूलाई चुर जातिका रुपमा लिइन्छ । प्रचण्ड आफैं चतुर राजनीतिजीवी मानिन्छन् । दुई चतुरहरूको षड्यन्त्रलाई परास्त गरेर देउवा सत्ता हातमा लिन कसरी सफल हुन सक्ने हुन् प्रतिक्षाको विषय बनेको छ ।घटना र विचार साप्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया