Sunsari sachib Aandolan 2 sunsari sachib aandolan
अमर काफ्ले माघ १९ सुनसरी /सुरक्षाको कारण जनाउँदै सुनसरीका गाविस सचिवहरु आन्दोलनमा उत्रिएका छन् । कार्यालयमा बसेर काम गर्ने वातावरण नरहेको भन्दै सुनसरीका ३९ वटै गाउँ बिकास समितिका सचिवहरुले जिल्ला बिकास समिति सुनसरीमा सामूहिक रुपमा कार्यालयको छाप बुझाएका हुन् ।

गत १३ गते जिल्लाको तनमुना गाविसका सचिवमाथि भएको दुव्यवहारको घटनामा संलग्न दोषी उपर कारवाहीको माग गर्दै आन्दोलनरत गाविस सचिव हकहित केन्द्र सुनसरीको संयोजनमा गाविसका सचिवहरुले कार्यालयको छाप निमित्त स्थानीय विकास अधिकारी जितेन्द्रकुमार कर्णलाई जिम्मा लगाएका हुन ।

सेवासुविधामा वृद्धि सहित सुरक्षाको पूर्णरुपमा प्रत्याभूति नभएसम्म काममा नर्फकने सचिवहरुको भनाई छ ।चन्दा नदिएको भन्दै तनमुना गाविस सचिव हरिकुमार थापामाथि विप्लव मोआवादी नेतृत्वका कार्यकर्ताले कार्यकक्षमै हातपात तथा दुर्व्यवहार गरेपछि सुरक्षाको माग गर्दै उनिहरु आन्दोलित बनेका हुन् । सचिवहरुले कार्यालयको छाप बुझाएर कामकाज ठप्प पारेपछि सेवाग्राही भने मार्कामा परेका छन् ।

तपाईको प्रतिक्रिया