अमर काफ्ले माघ १९ सुनसरी /सरकारले चुनावको मिति घोषणाको तयारी गरिरहँदा यथास्थितीमा चुनाव हुनै नसक्ने बताउँदै आएका मधेश केन्द्रित पार्टी सुनसरीमा भने दल दर्ताको क्रममा अग्रणी देखिएका छन् ।जिल्ला निर्वाचन कार्यालय सुनसरीमा सूचिकृत दलको सूचिमा सबैभन्दा अगाडी मधेश केन्द्रित दलले विवरण दर्ता गराएका छन् ।आयोगले उपलब्ध गराएको समयसीमा भित्र जिल्ला निर्वाचन कार्यालय सुनसरीमा ३७ वटा दल दर्ता भएका छन् ।
सुनसरीमा एमाले,काँग्रेस,माओवादी केन्द्र भन्दा पहिलानै तमलोपा, सद्भावनाले दल दर्ता गराएका हुन् । संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक सहितका मधेश केन्द्रित दल समेत सुनसरीमा दल दर्ताको सूचिमा अगाडी देखिएका छन् ।सुनसरीमा फोटो सहितको मतदाता नामावली सूचिमा नयाँ समावेश भएका र पुराना गरी ४ लाख २९ हजार बढी मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी जानकी कर्णले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीमा दर्ता भएका दलहरु क्रमश निम्नानुसार रहेका छन् ।तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, राष्ट्रिय जनमुक्ति पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, नेपाली काँग्रेस,शान्ति पार्टी नेपाल,खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नेकपा माक्र्सवादी, राष्ट्रिय जनमोर्चा,संघीय समाजवादी फोरम नेपाल, जन प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेकपा संयुक्त, नेकपा माले,नेपाल परिवार दल, युनाइटेड ग्रीन अर्गनाइजेसन, मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिक, नेपाल कम्युनिष्ट पार्टी(एमाले), तराई मधेश सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी, लोक दल, चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जन जागरण पार्टी, नेकपा (माले जनसमाजवादी), मधेशी जनअधिकार फोरम गणतान्त्रिक, बहुजन शक्ति पार्टी, बहुजन समाज पार्टी, राष्ट्रिय शिवसेना पार्टी, पिछडावर्ग निसाद दलित जनजाती पार्टी, नेकपा माक्सवादी र नेपाली जनता दल ।