ck-raut

२० माघ, जनकपुर। स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । जनकपुरधामस्थित माछा बजार नजिकै डेरा गरी बसेका डा.राउतलाई प्रहरीले दिउँसो दुई बजेर ५० मिनटमा पक्राउ गरेको हो ।

डा.राउत बस्ने घरको गेटको ताल्चा फुटाएर प्रहरीले पक्राउ गरेको स्थानीयबासीहरुले  बताएका छन् । स्थानीय व्यक्तिहरुलाई पक्राउ गरेको फोटो खिच्न पनि प्रहरीले रोक लगाएको छ ।राज्य विपल्बको मुद्दामा पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । डा.राउतलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको स्थानीयबासीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया