काठमाडौं / हत्या एवं आतंकवादी गतिविधिमा संलग्न आरोपमा नेपाल र भारतका प्रहरी खोजीमा रहेको होदा गिरोह नाइकेसहित प्रहरी फन्दामा परेका छन । नेपाल प्रहरीले उक्त गिरोहका नाइके समसुल होदासहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

बारा कलैया ८ का होदाले साउदी अरेबियाको दुबाईमा बसेर नेपाली र भारतीयको गिरोह चलाउँदै आएका थिए । होदा गिरोहमाथि नेपालमा हत्या र भारतमा आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप छ ।

दुबाई प्रहीको सहयोगमा मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाको विशेष टोलीले होदालाई दुबाईबाट झिकाई काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया