padak olympicकाठमाडौं, २६ माघ । सन् २०२० मा जापानको टोकियोमा आयोजना हुन् ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको विजेता खेलाडीलाई दिइने पदक बिग्रिएका मोबाइल फोनलाई प्रशोधन गरी बनाइने भएको छ ।

 खेलकूदलाई वातावरणमैत्री बनाउन ओलम्कि आयोजकले पुराना मोबाइल फोन प्रशोधन गरी स्वर्ण, रजत र कांस्यपदक बनाउन लागेका हुन् ।

ओलम्पिक आयोजकहरुले अनावश्यक इलेक्ट्रिक डिभाइसबाट पदकका लागि धातु निकाल्ने तयारी थालेका छन् । यसका लागि ओलम्पिक आयोजकले जापानी नागरिकलाई पुराना मोबाइल फोनलगायत अनावश्यक इलेक्ट्रिक डिभाइस उपलब्ध गराउन आग्रह गरेका छन् ।

गृष्मकालीन ओलम्पिक र पारा ओलम्पिकका लागि करिब पाँच हजार पदक आवश्यक पर्ने बताइएको छ ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया