२६ माघ, इस्लामाबाद। पाकिस्तानको तटीय क्षेत्रमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार पाकिस्तानको पास्नी सहरको २३ किलोमिटर दक्षिण पश्चिममा भूकम्पको केन्द्र विन्दु रहेको थियो ।

६.३ रेक्टर स्केलको तिव्रता रहेको भूकम्प स्थानीय समय अनुसार बिहान ३ बजेर ३ मिनेटमा गएको थियो । भूकम्पको क्षतिबारे अझै स्पष्ट तथ्यांक आएको छैन ।गत अप्रिलमा छिमेकी अफगानिस्तानमा ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।सन् २०१५ को अक्टोबरमा पाकिस्तान र अफगान्सितानमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी ४ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।भारतीय र युरेसियन प्लेट ठोक्किने ठाउँमा पाकिस्तान पर्ने हुँदा त्यहाँ धेरै भूकम्प जाने गर्छ ।

तपाईको प्रतिक्रिया