fighter planeएजेन्सी । फ्रान्सका लडाकू विमानले इस्लामिक स्टेटको गढ मानिने सिरियाको रक्का शहरमा लडाकू विमान मार्फत आक्रमण सुरु गरेको छ ।दशवटा लडाकुृ विमन तथा विभिन्न हातहतियार मार्फत रक्का शहरमा आइएस विरुद्धको आक्रमण गरेको हो ।फ्रान्समा शुक्रवार राति भएको बम विष्फोटको जिम्मा विद्रोही संगठन आइएसले लिएपछि उसको विरुद्धमा फ्रान्सले कारवाही अझ वढाएको हो ।जोडर्न तथा संयुक्त अरव इमिरेट्सवाट आक्रमण गरीएको हो ।फ्रान्सको रक्षामन्त्रालयले दिएको जानकारी अनुशार आइतवार रातीबाट आक्रमण सुरु गरेको हो ।फ्रान्सका राष्ट्रपति फ्रान्स्वा होल्याण्डले आइएसले गरेको आक्रमण आइएसको तर्फवाट भएको युद्धको घोषणा भएको प्रतिक्रिया दिएका छन् ।यसअघि आइएसले प्राान्समा गरेको आक्रमणमा परी १ सय २९ जनाको मृत्यु भएको थियो भने २ सय वढि घाइते भएका थिए ।

 

तपाईको प्रतिक्रिया